× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    महेश त्रिपाठीले जित्यो ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड

    २ वर्ष पहिले

    बैशाख-१३, नेपाली अभिनेता महेश त्रिपाठीले अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

    त्रिपाठी अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धामा थिए । उनीहरू दुबैलाई पछि पार्दै त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् ।

    नेपाली चलचित्र ‘हल्कारा’बाट उनी उत्कृष्ट अभिनेताको विधामा मनोनयनमा परेका थिए । हल्कारामा उनी रामको क्यारेक्टरमा देखिएका छन् । यो चलचित्र रिलिन हुन भने बाँकी छ । सोलो रोल पाएको पहिलो चलचित्रबाटै उनले यो उपलब्धी प्राप्त गरेका हुन् ।

    चलचित्र ‘हल्काराले’ वेष्ट फरेन फिल्म अवार्ड पनि हात पारेको छ । यही चलचित्रबाट वेष्ट सिनेमेटोग्राफीको अवार्ड चिन्तनराज भण्डारीले जितेका छन् ।