× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजपनि सुन र चाँदीको भाउ घट्यो

    २ वर्ष पहिले

    बैशाख-१४, आज (बुधबार) पनि सुन र चाँदीको भाउ घटेको छ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, मंगलबार छापावाल सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

    आज(बुधबार) चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १३४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १३५० रुपैयाँ कायम रहेको थियो ।