× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती ,प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-१५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार बागमती ,प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ।

    आज दिउँसो बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती गण्डकी प्रदेश र प्रदेश १को पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक,हल्का वर्षाको सम्भावना रहेको छ।