३ वर्ष पहिले
बैशाख-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ९ सय ८१ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार ८ सय ८२ जनाको पिसिआर परीक्षण गर्दा १५ इजनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ३३ हजार ४ सय ५९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ९ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ६५ हजार १ सय ६५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय ४९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ जना रहेको छ।
२४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ९३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।