× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको अधिकांश प्रदेशमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    २ वर्ष पहिले

    बैशाख-१६, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखालको अनुसार देशको अधिकांश प्रदेशमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै, गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।