× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४ संक्रमित थपिए, निको हुनेको संख्या १९

    २ वर्ष पहिले

    बैशाख-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १८ हजार ९ सय ९५ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ७ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा १३ इजनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ३५ हजार २ सय ३७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ९ सय ९३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ६६ हजार १ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ सय ४३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ जना रहेको छ।

    २४ घण्टामा १९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ६ सय १२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा १ जना र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।