× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राजु अर्याल सशस्त्र प्रहरीको महानिरीक्षक पदमा नियुक्त

    २ वर्ष पहिले

    बैशाख-१८,सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई सशस्त्र प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको हो ।

    सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ । उनी भोलिबाट अवकाशमा जाने छन् ।

    गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस भएका थिए । अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसकेका थिए । २०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहने छन् । प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।