× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चुनाव जिते तलब भत्ता सबै वडाको विकासमा लगाउने गाउँपालिका अध्यक्ष उम्मेदवार श्रेष्ठको घाेषणा

    २ वर्ष पहिले

    बैशाख-१९, तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रेजिना श्रेष्ठले चुनाव जितेपछि तलब नलिने घोषणा गरेका छन् ।

    आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी श्रेष्ठले आफुले चुनाब जितेमा ३० महिनाको तलब भत्ता नलिने र सो तलब भत्ता बापतको रकम सबै वडाको विकासमा समानुपातिक रूपमा लगाउने जनाएकी छन्।

    ‘स्थानीय जनता र गाउँठाउँको हितमा म इमान्दार भएर काम गर्नेछु । भ्रष्टाचाररहित सुशासन कायम गर्नेछु, वृद्धवृद्धाका लागि वल्ड एज होम पहिलो प्रमुख प्राथमिकता हुनेछ।’उनले भनिन्।

    आँबुखैरेनी गाउँपालिका वडा नं ३ निवासी सफल ब्यवसायी श्रेष्ठ उधोग वाणिज्य संघ, सहकारी एवं विभिन्न समाजिक संस्थामा आबद्ध भई समाजसेवीको रुपमा स्थापित छिन्।