× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा ट्रक र माईक्रोबस ठोकियो, ४ जना घाइते

    २ वर्ष पहिले

    बैशाख-२०, चितवनको इच्छाकामना मुग्लिनमा ट्रक र माइक्रोबस हाइस एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।

    मुग्लिनको चोकमा नारायणगढ देखि काठमाडौं जाँदै गरेको ना.५ ख ९६०३ नंम्बरको मालवाहक ट्रक र काठमाडौं बाट पोखरा जाँदै गरेको बा२ख १२४४ नंवरको माइक्रो हाइस एक आपसमा ठोक्किँदा ४ जना सामान्य घाइते भएका छन्।

    दुर्घटनामा परेर घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

    ट्रक र माइक्रोबस एक आपसमा ठोक्किँदा ट्रक नजिकै को घर अगाडिको नालीमा पुगेको थियो भने माईक्रोबस १० मिटर पर हुत्तिन पुगेको थियो ‌ ।