× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १९ संक्रमित थपिए, निको हुनेको संख्या १८

    २ वर्ष पहिले

    बैशाख-२१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ८० जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ३ सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ४६ हजार २१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ७१ हजार ९ सय ८० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २ सय १७ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।

    २४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ७ सय १५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा शुन्य र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।