३ वर्ष पहिले
बैशाख-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार १ सय १२ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ४ सय ५० जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ५० हजार ८ सय ४७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ७४ हजार ४ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय १५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय १३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ जना रहेको छ।
२४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ७ सय ४७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा शुन्य र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।