३ वर्ष पहिले
बैशाख-२४, गोरखाको शहिद लखन थापा गाउँपालिकामा नेकपा एमालेले घर दैलो अभियानलाई तिव्र बनाएका छ।
अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा हारेर पनि निरन्तर समाजसेवामा क्रियाशील एमाले गाउँकमिटीका अध्यक्ष मनोज जोशी यस पटक पनि एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ।
हरेक दिन छुट्टा छुट्टै वडाको घरदैलो गर्दै मत माग्दै हिडेका अध्यक्ष उम्मेदवार जोशी , उपाध्यक्ष उम्मेदवार लुना थापा तथा सम्बन्धित वडाका उम्मेदवारहरु मतदातालाई एमालेप्रतिको आशा र भरोसा भएका कारण एमालेलाई मत दिने विश्वास व्यक्त गरेका छन् ।
“दिगो विकास समृद्ध शहिद लखनको आधार कृषि,पर्यटन र पुर्वाधारको बिकास लागि एमाले सरकार “भन्ने नारालाई अगाडि सारेर चुनावमा होमिएको अध्यक्ष उम्मेदवार जोशी भन्नुहुन्छ-” यस पटक गाउँपालिका भरि नै एमालेको लहर छाएको हुँदा हाम्रो जित सुनिश्चित छ”।