३ वर्ष पहिले
बैशाख-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार १ सय २६ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ४ सय २० जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ५२ हजार २ सय ६७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार २ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ७५ हजार ७ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २ सय ५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ जना रहेको छ।
२४ घण्टामा २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ७ सय ६८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयूमा शुन्य र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।