× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    २ वर्ष पहिले

    बैशाख-२५,आज (आइतबार) कारोबारको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।सुनको मूल्य तोलामा ६०० र चाँदीको तोलामा पाँच रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ९८ हजार ६०० रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।आइतबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँ कायम भएको छ । गएको शुक्रबार तोलाको १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।