× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक

    २ वर्ष पहिले

    बैशाख-२५, चितवनमा वैशाख २७ गते देखि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाएको छ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सुचनामा स्थानीय निर्वाचन निर्देशिका २०७३ को दफा ७१ मा भएको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि मिति २०७९ बैशाख २७ गते राति १२:०० बजे देखि मतदान सम्पन्न नहुन्जेलसम्मको लागि मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्न आदेश दिएको हो।

    यस्तै, मतदानको दिन एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाको सवारी साधन बाहेकका निजि तथा सार्वजनिक साधनहरु बिहान ४:०० बजे देखि बेलुकी ७:०० बजेसम्म को लागि संचालनमा रोक लगाइएको छ।