× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साथीको मोटरसाइकलको पछाडि बसेर गएका अनिल परियार घर फर्कने पाएन

    २ वर्ष पहिले

    बैशाख-२६, साथीको मोटरसाइकलको पछाडि बसेर गएका चितवनको भरतपुर महानगरपालिका–१२ का २८ वर्षीय अनिल परियार घर फर्किन पाएनन् । साथीले ‘काम छ’ भन्दै उनलाई लिएर गएका थिए ।

    आइतबार बेलुका करिब साढे ७ बजे भरतपुर–७, कृष्णपुर खेलमैदाननजिक अज्ञात समूहले उनीमाथि धारिलो हतियार प्रहार गर्‍यो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबारै राति चितवन मेडिकल कलेजमा मृत्यु भयो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारका अनुसार बेलुकाको समयमा साथीले बोलाएर अनिल साथीसँगै मोटरसाइकलमा गएका थिए । उनले भने, ‘‘साथीले बोलायो भनेर हिँडेका रहेछन् । पछि एकैपटक यस्तो घटना भयो भन्ने कुरा आयो । खबर आउनेबित्तिकै हामी घटनास्थलमा पुगेका थियौँ ।”

    अनिलमाथि छुरा, खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनिललाई मोटरसाइकलको पछाडि चढाएर लैजाने साथी फरार छन् । प्रहरीले हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

    आज बिहान नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै चुनावी प्रचारप्रसारका क्रममा अनिलको हत्या गरिएको दाबी गरेका थिए । विज्ञप्तिमा अनिल कांग्रेस वाग्मती प्रदेश प्रतिनिधि भएको जनाइएको छ ।

    तर, हत्या चुनावी प्रचारप्रसारसँग नजोडिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अनिल गत वर्ष चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।

    अनिल हत्याको विषयलाई लिएर अहिले चितवन मेडिकल कलेज तनावग्रस्त बनेको छ । कांग्रेसनिकट कार्यकर्ता र पीडित पक्षले विरोध प्रदर्शन गरेका छन् ।

    जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवन कांग्रेसनिकट युवा र पीडित पक्षले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मेडिकल कलेजअगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

    अनिलको शव चितवन मेडिकल कलेजमै छ । डीएसपी अधिकारीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको बताए ।अहिलेसम्म दोषी पत्ता नलगाएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका छन् ।१२खरी बाट