३ वर्ष पहिले
बैशाख-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार १ सय ५१ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ५५ हजार ८ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ३ सय ९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको संख्या २ जना रहेको छ । हालसम्ममा ११ लाख ७८ हजार १ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ९० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय ८९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ जना रहेको छ।
२४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ८ सय ६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ६ जना रहेको छ ।हाल आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।