× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देशको विभिन्न भागमा पानी पर्ने सम्भावना, दक्षिण बंगालको खाडीमा चक्रवात “असानी” को अप्रत्यक्ष प्रभाव

    २ वर्ष पहिले

    बैशाख-२७, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार आज(मंगलबार) देशको विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ।

    विभागका अनुसार नेपालमा दक्षिण बंगालको खाडीमा चक्रवात “असानी“ को अप्रत्यक्ष प्रभाव पर्नुका साथै स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव रहेको छ।

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै,राती प्रदेश १ तथा मधेश प्रदेशको लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।