× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा एमालेका उम्मेदवारहरुलाई गुठी समाज मुग्लिनका प्रमुखको आशिर्बाद

    २ वर्ष पहिले

    बैशाख -२७, ईच्छाकामना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरुलाई नेवार गुठी समाज मुग्लिनका प्रमुख (थकली) ८८ वर्षिय मननारायण श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा विजयको आशिर्वाद दिएका छन्।

    आज गुठी समाज मुग्लिनमा आबद्ध सदस्य एवं अगुवाहरुसंग एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दानबहादुर गुरुङ, उपाध्यक्ष का उम्मेदवार माया सिलवाल,वडा नं ५ का अध्यक्षका उम्मेदवार तेजबहादुर शेरचन लगायतसंग भएको साक्षात्कार कार्यक्रममा नेवार गुठी समाजका प्रमुख (थकली) मननारायण श्रेष्ठले विजयीको आशिर्वाद दिएका हुन्।

    साक्षात्कार कार्यक्रममा गाऊँपालिका अध्यक्षका प्रत्यासी दानबहादुर गुरुङले आफ्नो योजना तथा प्रतिवद्धता बारे प्रष्ट पारेका थिए।

    गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृर्षि, पर्यटन र प्रविधिलाई प्राथामिकतामा राखेर समृद्ध ईच्छाकामना बनाउन आफुलाई भोट दिन अपिल गरेका थिए ।

    गाऊँपालिका उपाध्यक्षका प्रत्यासी माया सिलवालले एमालेका उम्मेदवार विजयी भएमा इच्छाकामनाको फिस्लिङ देखि मुग्लिनसम्म त्रिशुली नदीले कटान गरिरहेकोले सो को रोकथामका लागि सङ्घीय सरकारसंग समन्वय गरि तटबन्ध गरिने प्रतिबद्धता व्यक्त गरे।

    यस्तै, वडा नं ५ का अध्यक्ष उम्मेदवार तेजबहादुर शेरचनले त्रिवेणी वराह माविको लागि छात्रावास, मुग्लिनमा ढलको उचित व्यवस्था, मुग्लिन देखि ईच्छाकामना सम्मको सडकको स्तरोन्नति गरिने प्रतिबद्धता जनाए।

    कार्यक्रममा नेवा पुच नेवार गुठी समाज मुग्लिनका अध्यक्ष जुना राजभण्डारीले विगत ५ बर्षलाई मुल्यांकन गरेर राम्रो उम्मेदवारलाई मत दिनु पर्ने बताए।

    कार्यक्रममा सामाजिक अगुवाहरु इच्छाकामना उधोग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजु, ईच्छाकामना होटल व्यवसायी सङ्घका अध्यक्ष मिनबहादुर श्रेष्ठ, मर्स्याङ्दी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुमार श्रेष्ठ, गुठी समाज मुग्लिनका उपाध्यक्ष राजु श्रेष्ठ लगायत उपस्थित थिए।