× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो

    २ वर्ष पहिले

    बैशाख-२९, आज (विहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

    हिजो बुधबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ