× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि

    २ वर्ष पहिले

    बैशाख-३१, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि गरेको छ।

    निगमको संचालक समितिको बैठकले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

    अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।