× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना २ मा एमालेको प्यानलै विजय

    २ वर्ष पहिले

    जेठ-१, चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ मा एमालेको प्यानलै विजयी भएको छ।

    वडा अध्यक्ष पन्चुलाल चेपाङले ६८३ मत प्राप्त गरेर प्रतिद्वन्द्वी उम्मेदवारलाई १६९ मतान्तरले हराउन सफल भएको हो। उनी दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएका हुन्।

    उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार प्रकाश बुढाथोकीले ५१४ मत प्राप्त गरेको हो।

    यसैबिच वडा सदस्यहरुमा नेकपा एमालेकै उम्मेद्वारहरु विजयी भएका छन् ।

    इच्छाकामना वडा नं १ र २ को मतगणना सम्पन्न भएसंगै गाउँपालिका को अध्यक्षको उम्मेदवार एमालेको दानबहादुर गुरुङले १२८१ र गठबन्धनको तर्फबाट कांग्रेसको उम्मेदवार गिता कुमारी गुरुङले ११३७ मत प्राप्त गरेको छ।

    उपाध्यक्षमा एमालेको माया सिलवालले १२७५ र गठबन्धनको तर्फबाट माओवादीको उम्मेदवार प्रताप गुरुङले ११३९ मत प्राप्त गरेको छ।