× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले लियो अग्रता

    २ वर्ष पहिले

    जेठ-१, चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा गठबन्धनका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले अग्रता लिएको छ।

    इच्छाकामनाका वडा नं १ र २ को मतगणनामा एमालेका उम्मेदवारहरुले अग्रता कायम गरिरहेको अवस्थामा वडा नम्बर ३ को १ हजार मत गणना पश्चात गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेद्वार कांग्रेसको तर्फबाट गीता कुमार गुरुङले ६ मतको अग्रता लिएको हो।

    यसैगरी गठबन्धनको तर्फबाट माओवादीका तर्फबाट उपाध्यक्षका उम्मेदवार प्रताप गुरुङले १७५ मतको अग्रता लिएको छ।

    हालसम्म गठबन्धनका गिता कुमारी गुरुङले १ हजार ६ सय ७४ र एमालेका अध्यक्षको उम्मेदवार दानबहादुर गुरुङले १ हजार ६ सय ६८ मत प्राप्त गरेको छ।

    यस्तै, गठबन्धनका उपाध्यक्ष प्रताप गुरुङले १ हजार ७ सय ५४ र एमालेकी उपाध्यक्ष उम्मेद्वार माया सिलवालले १ हजार ५ सय ७९ मत प्राप्त गरेको छ।