× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण

    २ वर्ष पहिले

    जेठ-२,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

    नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।

    नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।