× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतका प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणको क्रममा मायादेवी मन्दिरमा प्रार्थना गरे

    २ वर्ष पहिले

    जेठ-२, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आएर मायादेवी मन्दिरमा प्रार्थना गरेका छन्।

    सोमवार बुद्ध पूर्णिमाको अवसरमा मोदीले लुम्बिनी भ्रमण गरेर मायादेवी मन्दिरको दर्शन गरेका हुन् । उनीसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रार्थना गरेका थिए ।

    भगवान् बुद्धले सबैलाई आशीर्वाद दिनुहओस् र हाम्रो ग्रहलाई शान्त तथा समृद्ध बनाउनुहओस्, मोदीले आफ्नो ट्विटर अकाउन्टमा लेखे ।

    भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री मोदी लुम्बिनी आएका हुन्।

    लुम्बिनी स्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका थिए।

    भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा. आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए।