× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ५ मा एमालेका अध्यक्ष उम्मेदवार शेरचन सहित प्यानलै विजयी, गाउँपालिका अध्यक्षमा एमालेको अग्रता कायमै

    २ वर्ष पहिले

    जेठ-३, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मा नेकपा एमालेका अध्यक्ष उम्मेदवार तेजबहादुर शेरचन प्यानल सहित विजयी भएको छ।

    विजयी उम्मेद्वार शेरचनको ७ सय ५२ निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जितबहादुर थापाको ३ सय ८४ मत र सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको मोदराज सिलवालले २ सय १३ मत प्राप्त गरे।

    यसैगरि गाउँपालिका अध्यक्षमा एमालेकै दानबहादुर गुरुङ र उपाध्यक्षमा गठबन्धनको माओवादी उम्मेदवार प्रताप गुरुङको अग्रता कायमै छ।

    वडा नं ५ सम्म सम्पन्न मतगणनामा एमालेको दानबहादुर गुरुङले ३ हजार ९ सय ५० मत गरी ८ सय १४ मतले अग्रता कायम गरेको छ। सत्ता गठबन्धनको अध्यक्ष उम्मेदवार गीताकुमारी गुरुङले ३ हजार १ सय ३६ मत प्राप्त गरेकी छ।

    यसैगरी उपाध्यक्षमा गठबन्धनका प्रताप गुरुङले ३ हजार ५ सय ५७ मत प्राप्त गरि १ सय ६७ मतले अग्रता कायम गरेको छ भने एमाले की माया सिलवालले ३ हजार ३ सय ९० मत प्राप्त गरेको छ।