× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    जेठ-३, आज (मंगलबार) सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा मा प्रति तोलामा २ सयले बढेको हो।

    यसअनुसार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    आइतबार सुनको भाउ क्रमशः प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चाँदीमा प्रतितोला २० रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ।

    आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।