३ वर्ष पहिले
जेठ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार २ सय ३१ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ७४ हजार २ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ६ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ८२ हजार ८ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ४९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय ४२ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।
२४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ९ सय ३१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ जना रहेको छ ।हाल आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।