× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित वर्षाको सम्भावना

    २ वर्ष पहिले

    जेठ-४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १ र मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।