× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा पाँच दलिय गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

    २ वर्ष पहिले

    जेठ-४, चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरुङ तथा उपाध्यक्षमा सोही पार्टीका माया सिलवाल निर्वाचित भएका छन्।

    अध्यक्षको विजयी उम्मेद्वार दानबहादुर गुरुङले पाँच दलिय सत्ता गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार बनेकी निवर्तमान गाऊँपालिका अध्यक्ष गीताकुमारी गुरुङलाई पछि पार्दै अध्यक्षमा बाजी मारेका हुन्।

    यस्तै, उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल विजयी भएकी छन्। उनले माओवादीका प्रताप गुरुङलाई पछि पारेकी हुन्।

    अध्यक्ष उपाध्यक्षमा एमालेको उम्मेदवारीहरु निर्वाचित भए पनि अन्तिम मतपरिणाम सार्वजनिक गर्न बाँकी रहेको छ।

    अघिल्लो निर्वाचनमा कांग्रेसले इच्छाकामना गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र ३ वडाहरु (४,५ र ७)मा प्यानल सहित विजयी भएको थियो तर यसपटक गठबन्धन गर्दा पालिका अध्यक्ष, वडा नं ४ र ५ मा ठुलो अन्तरमा हार ब्यहोर्नु पुग्यो।

    यस्तै, अघिल्लो निर्वाचनमा वडा नं ३ मा प्यानल सहित जितेको माओवादीले यस पटक सो वडामा वडा अध्यक्ष तथा २ वडा सदस्यका साथै भागमा परेको उपाध्यक्ष पनि हार ब्यहोर्नु पुगेको छ।

    यसपटक एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वडा नं २,३,४,५ र ६ मा प्यानल सहित विजयी हासिल गरेको छ भने अघिल्लो पटक जितेको वडा नं १ को वडाध्यक्षमा झिनो मतले हारेको छ।