× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    जेठ-५, आज (बिहीबार) सुन तथा चाँदीको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।

    बुधबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ९६ हजार ३०० रुपैयाँमा उक्लिएको छ भने ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९५ हजार ८०० रुपैयाँ पुगेको छ ।

    यस्तै, चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेर कारोबार हुने महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार २५० रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर एक हजार २५५ रुपैयाँ पुगेको हो ।