× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२ संक्रमित थपिए, निको हुनेको संख्या ९

    २ वर्ष पहिले

    जेठ-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार २ सय ४८ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ५ सय ८० जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ७९ हजार ६ सय ८७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ८४ हजार ५ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १ सय ५० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय ४२ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।

    २४ घण्टामा ९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६६ हजार ९ सय ४८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ जना रहेको छ ।हाल आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।