× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना माओवादी केन्द्रका पार्टी अध्यक्ष हरि थापालाई कार्वाही

    २ वर्ष पहिले

    जेठ-५, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले इच्छाकामनाका पार्टी अध्यक्ष हरि नेपाललाई कार्वाही गरेको छ।

    बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा घोषित रुपमै असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट चितवन ईच्छाकामनाका पार्टी अध्यक्ष थापालाई कार्वाही स्वरुप अर्ु निर्णय नहुँदा सम्मको लागि निलम्बन गरेका हुन् ।

    जेठ २ गतेको पत्रमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई घोषित रुपमै असहयोग गरेको र पार्टीलाई गम्भीर आघात पु¥याउने काममा संलग्न भइ पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण पार्टी विधान र बागमती प्रदेश समितिको निर्वाचन निर्देशिका २०७९ अनुसार पार्टीको सबै पदबाट निलम्बन गरिएको जनाएको छ।

    टिकट वितरणको क्रममा पटक पटक एकै ब्यक्तिले मात्र मौका पाएको भनेर माओवादी भित्र तिव्र असन्तुष्टी एवं असहमति प्रकट भएको थियो।

    कांग्रेसको गढ मानिने इच्छाकामनामा सत्ताका ५ दलिय गठबन्धन गर्दापनि पार्टी भित्रको असहयोग एवं असन्तुष्टिका कारण एमालेबाट पराजय भोग्न परेको ५ दलिय गठबन्धनको बुझाई छ।