× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दानबहादुर गुरुङले लिए सपथ

    २ वर्ष पहिले

    जेठ-६, इच्छाकामना गाउँपालिकाका नव निर्वाचित अध्यक्ष दानबहादुर गुरुङ लगायत चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् ।

    आज (शुक्रबार) जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

    इच्छाकामनाका अध्यक्ष दानबहादुर गुरुङ ५ हजार ७१० मतका साथ विजयी भएका थिए भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी गीता कुमार गुरुङले ४ हजार २ सय मत प्राप्त गरेकी थिइन् ।

    सपथ ग्रहण गर्ने अन्य पालिका प्रमुखहरुमा माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ रहेका छन्।

    निर्वाचित पालिका प्रमुखहरुलाई निर्वाचन अधिकृतले विजेताको प्रमाण पत्र समेत प्रदान गरेका थिए । सपथ लिएका प्रमुखहरुले आजै पालिका उपप्रमुख र वडा अध्यक्षहरुलाई सपथ ग्रहण गराउँदै पदभार ग्रहण गर्ने तयारीमा छन् । चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।