× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा हावाहुरीले तीन जनाको मृत्यु

    २ वर्ष पहिले

    जेठ-७, चितवनको भरतपुरमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालयले शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण ढलेको रुखले जि. चितवन भरतपुर म.न.पा.११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना२ह २२४७ नं. को अटोलाई किचि अटो च्यापिन जाँदा अटो चालक भरतपुर ११ लामाटोल बस्ने बर्ष ५०/५१ को प्रदिप कुमार लामा र सोही अटोमा सवार महिला जिल्ला गोरखा गण्डकी गा.पा. ६ घरभई हाल भ.म.न.पा. ७ कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङको मृत्यु भएको जनाएको छ।

    यसैगरी सोहि अटोमा सवार वर्ष २० की अबिता गुरुङ र बर्ष ५० की तुल मांया गुरुङ सामान्य घाईते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।यसैगरी हावा हुरीको कारण ढलेको रुखले जिल्ला भरतपुर म.न.पा. ११ बसेनि चोकमा बिशाल चोकबाट बसेनि तर्फ आउदै गरेको ना १ ज ६१४० नं. को म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपुर म.न.पा.११ बस्ने बर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी डीएसपी नरहरि अधिकारीले बताएका छन्।

    यस्तै नारायणी पुलमा हावाहुरीले पल्टाएको ट्रकलाई क्रेनको सहायताले उठाइएको छ।