× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस दाउन्नेमा दुर्घटना

    २ वर्ष पहिले

    गोरखा । गोरखाको धुवाकोटबाट आमा समूहका मानिसहरुलाई लिएर घुम्न गएको बस दुर्घटनामा परेको छ । शनिबार दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका ४ को दाउन्ने उकालोमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दाउन्नेले जानकारी दिएको हो । दुर्घटनामा परी बसमा सवार सबै घाईते भएका छन् ।

    दुर्घटनामा परेकाहरुका उद्वार कार्य जारी रहेको र उद्वार गरिएका सबैलाई बर्दघाट स्थित रहेको चिसापानी सामुदायिक अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाम कोही पनि हताहती नभएता पनि के कती जनालाई कस्तो चोट लागेको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ । बस सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    • गोरखासमाचारबाट