× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार ।

    २ वर्ष पहिले

    काठमाण्डाैं । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनर्वलोकन गर्ने तयारी थालेको छ । बिना अध्ययन र बिना गृहकार्य लागु गरिएको सातामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिए पछि सरकार पछि हट्ने अवस्थामा पुगेको हाे । यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।

    सरकारले यो निर्णयलाई एक डेढ महिना परीक्षणका रूपमा हेर्ने र समस्या देखिए पुनर्वलोकन गर्ने बताउँदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सचिवहरूले स्वास्थ्य मन्त्रालय मातहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहरिक देखिएको ब्रिफ्रिङ गरेका थिए। ‘खासगरी स्वास्थ्यकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारिक भएको गुनासो आएको छ,’ सामान्य प्रशासन मन्त्रालयका सचिव अधिकारीले भने, ‘दुई दिन बिदा दिने निर्णयबाट अत्यावश्यकीय सेवा प्रभावित नहोस् भन्ने हाम्रो तयारी हो।’

    २ दिने बिदाले बिद्यार्थीहरूकाे शैक्षिक जीवनमा ठुलाे असर पर्ने र नेपाल जस्ताे सानाे र विकास उन्मुख देशमा यसकाे कुनै अैाचित्य नभएकाे आवाजहरू जतातेतै उठ्न थालेकाे श्राेतले बताए ।