× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउमा वृद्धि, चाँदीको मूल्य भने स्थिर

    २ वर्ष पहिले

    जेठ-८,आज (आइतबार) कारोबारको पहिलो दिन सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर तोकिएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार सुन तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।

    सुनको मूल्य बढेको दिन चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत साताको शुक्रबारकै कारोबार मूल्यमा खरिद/बिक्री भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ छ ।