× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटी र इटालीको सिरी ‘ए’ उपाधि एसी मिलानलाई

    २ वर्ष पहिले

    जेठ-९, प्रिमियर लिगको उपाधि म्यानचेष्टर सिटी र इटालीको सिरी ‘ए’ उपाधि एसी मिलानले जितेको छ।

    म्यानचेष्टर सिटीले प्रिमियर लिगको आइतबार भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३-२ को पुनरागमन जितसहित सिटी च्याम्पियन बनेको हो ।लिभरपुलले वल्भ्समाथि ३-१ को जित निकालेपनि सिटीलाई भेट्न सकेन । ३८ खेलबाट सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्यो ।

    घरेलु मैदान एतिहाड स्टेडियममा इल्के गुन्डागोनले दुई गोल गरेपछि सिटीले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लामाथि शानदार जित हासिल गरेको हो । सिटीका लागि अर्को एक गोल रोड्रीले गरे । एस्टन भिल्लाका लागि माटी कास र फिलिप कुटिन्होले एक एक गोल गरे । सिटीले पछिल्लो पाँच सिजनमा चौथो पटक लिग उपाधि जितेको हो ।

    यस्तै, एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको हो । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो र त्यसको एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्‍याउन सफल भएको छ ।

    यो जितपछि मिलानको ८६ अंक भएको छ । अन्तिम दिनको खेलमा लिग जित्नका लागि उसलाई कम्तीमा हार टार्न आवश्यक थियो । उसको नजिकको प्रतिद्वन्द्वी तथा छिमेकी इन्टर मिलान ८४ अंकमा दोस्रो स्थानमा रह्यो र उसले साम्पडोरियालाई सानसिरोमा भएको खेलमा समान ३–० ले नै पराजित गर्‍यो । तर डिफेन्डिङ च्याम्पियनका रूपमा इन्टरले उपाधिको रक्षा भने गर्न सकेन ।