× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक, भोलि विजय र्याली हुने

    २ वर्ष पहिले

    जेठ-९, चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेको छ।

    मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन ।

    प्रमुखमा माओवादी केन्द्रकी दाहाल १० हजार २ सय ५७ र कांग्रेसका अधिकारी १८ हजार ३२५ मतले अगाडि छन । प्रमुखमा दाहालले ४४४ हजार ५ सय ५५, एमालेका विजय सुवेदीले ३४ हजार २ सय ९८ मत ल्याउएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले १३ हजार ५ सय ८३ मत पाएका छन् । उपप्रमुखमा अधिकारीले ४६ हजार ४ सय ७१, राप्रपाका हिमला गुरुङले २७ हजार ४ सय ४ मत ल्याएका छन् ।

    प्रमुखमा दाहाल र उपप्रमुखमा अधिकारी जित नजिक पुगेका हनु । हाल वडा नम्बर २३ र २५ को मत गणना भइरहेको छ। महानगर पालिकामा २९ वडा छन् । यी दुई वडाको मत गणना पछि चार वडा मात्र गणना गर्न बाँकी रहन्छ ।

    भरततपुर महानगरमा मेयर–उपमेयर गठबन्धनले जित्ने सुनिश्चित भएपछि भोलि भरतपुरमा पाँच दलीय गठबन्धनले वृहत विजय र्‍याली निकाल्ने भएको छ ।

    महानगरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसको जित्ने सुनिश्चित भएपछि भोलि विहान १० बजे र्‍याली निकाल्ने तयारी गरिएको पाँच दलीय गठबन्धन चितवनका संयोजक कांग्रेस सभापति राजेश्वर खनाल जानकारी दिनुभयो ।