३ वर्ष पहिले
जेठ-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार २ सय ८६ जना पुगेको छ ।
२४ घण्टामा २ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५६ लाख ८७ हजार ७ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ५ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ८७ हजार ३ सय ५५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १ सय ३३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १ सय ४१ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।
२४ घण्टामा १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार १ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ ।हाल आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या शुन्य रहेको छ।