× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इतिहासको पान्ना-जनताले चुनेर पठाएको पहिलो निर्वाचित प्रधानमन्त्री विपि कोइरालाले सपथ खाएको दिन

    २ वर्ष पहिले

    जेठ-१३, २०१६ साल जेठ १३ गते नेपालमा पहिलो पटक जनताले चुनेर पठाएको जननिर्वाचित पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सपथ खानु भएको थियो।

    ६३ बर्ष अगाडि आजकै दिन जनताको सरकार बनेको थियो । त्यस सरकारका प्रमुखका रुपमा नेपाली कांग्रेसका वीपी कोइरालाले प्रधानमन्त्रीले पदभार सम्हालेका थिए ।

    अंग्रेजहरुले १३ अङ्कलाई अपशगुन मान्ने गर्दछन् र सो दिन शपथ खाने गर्दैनन् । तर नेपालमा १३ लाई अपशगुन मान्ने गरिदैन ।जसको फलस्वरूप तत्कालीन प्रधानमन्त्री कोइरालाले सपथ खानु भएको थियो।

    संयोग वा केही १३ गते प्रधानमन्त्री बनेका कोइय लामो समय प्रधानमन्त्री बन्नै पाएनन् । १८ महिना १९ दिन मात्रै सरकार चलाउन पाए । २०१७ पुस १ गते राजा महेन्द्रले वीपी सरकारलाई अपदस्थ गरि शासन सत्ता आफ्नो हातमा लिएका थिए ।