× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलोमा गुडिरहेको हायस बस र कार माथि पहिरो खस्यो, राजमार्ग अवरुद्ध

    २ वर्ष पहिले

    जेठ-१४, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत ४ किलो तोपेखोला भन्ने ठाउँमा गुडिहेको हायस बस र कार माथि पहिरो खसेको छ ।

    मुग्लिनबाट नारायणगढतर्फ गैरहेको ग १ ख ९९०९ नं.को यात्रुवाहक हायस बस र प्रदेश ३ ०१ ०२३ च ०५३५ नं. को कार माथि करिब सवा ५ बजेतिर पहिरो खसेको हो ।

    यात्रु सवार गाडीमा पहिरो खसेपनि कुनै मानवीय क्षति भएको छैन भने केहि सामान्य घाईते भएका प्रहरीले जानकारी दिएको छ । यस्तै गाडीमा भने क्षति पुगेको छ ।

    बिहान ३ नं. पुलमा दुईवटा ट्रक एकापसमा ठक्कर खाएर दुर्घटना हुदाँ बिहानै देखिको लामो जाम केही बेर अगाडि खुलेपनि उक्त सडकमा पहिरोका कारण पुनः अवरुद्ध भएको छ ।

    यतिबेला पहिरो हटाएर पुरिएको गाडी निकाल्ने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ ।