२ वर्ष पहिले
जेठ-१४, चितवनको मुग्लिन-नारायणगढसडकखण्डमा पहिरो खसेर दुईवटा गाडी पुरिएपछि अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
पहिरो र पुरिएका गाडीहरू हटाइएपछि बेलुका ७:२५ बजे दुईतर्फी सडक खुला भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
इच्छाकामना गाउँपालिका ६ अन्तर्गत मुग्लिन-नारायणगढ सडकअन्तर्गत पर्ने तोपेखोला नजिकै अपराह्न साढे ५ बजे सुख्खा पहिरो खसेको थियो ।
हाल सडक दुईतर्फी संचालनमा आएपनि अत्याधिक गाडीको चापले गर्दा सहजरुपमा गाडी अगाडि बढ्न सकिरहेको छैन।