३ वर्ष पहिले
जेठ-१५, सरकारले अब ६८ वर्षमै वृद्धभत्ता दिने भएको छ । ७० वर्षे उमेरहद घटाएर सरकारले ६८ वर्षमा झारेको हो ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।
सामाजिक सुरक्षा भत्ता लिन नचाहनेले स्वघोषणा गरेमा सरकारले उसलाई सम्मान गर्ने पनि शर्माले बताए।