२ वर्ष पहिले
जेठ-१५, सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को आयव्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमा चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड बजेट विनियोजन गरेको उनले बताए ।
राजश्व १२ खर्ब ४० अर्ब ११ करोड, अनुदान ५५ अर्ब ४६ करोड, वैदेशीक ऋण २ खर्ब ४२ अर्ब २६ करोड र आन्तरिक ऋण २ खर्ब ५६ अर्ब लिइने मन्त्री शर्माले बताए ।