× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विद्युतीय गाडीमा व्यापक कर वृद्धि

    २ वर्ष पहिले

    जेठ-१६, सरकारले १०० किलोवाटमाथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको छ। सरकारले अन्तःशुल्क र भन्सार दुवैमा कर बढाएको हो।

    अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा प्रस्तुत गरेको बजेटमा १०० किलोवाट देखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क बढाएको छ।

    २०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जिप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क रहेको छ।

    यसअघि अन्तःशुल्कमा पूर्ण छुट दिएको थियो। त्यस्तै अर्थमन्त्री शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ।

    हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो।

    तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीमा कर बढाउँदा नेपाली कांग्रेसका सांसदले ठूलो विरोध गरेका थिए। तर अहिले कांग्रेस नेतृत्वकै सरकारले विद्युतीय गाडीमा ६० प्रतिशत अन्तःशुल्क र ६० प्रतिशत नै भन्सार बढाउने निर्णय गरेको छ।