२ वर्ष पहिले
जेठ-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख १९ हजार ३ सय ९१ जना पुगेको छ ।
२४ घण्टामा ३ हजार ९ सय २९ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५७ लाख ६ हजार ९ सय ३७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा ९ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा ११ लाख ९६ हजार ४ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९८ रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ९८ रहेको छ भने संस्थागत आइसोलेसनमा शुन्य रहेको छ।
२४ घण्टामा ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय २ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३८ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्यापनि शुन्य रहेको छ।