× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशको विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित वर्षाको सम्भावना

    २ वर्ष पहिले

    जेठ-१९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ

    आज दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भुभागका एक वा दूई स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यस्तै, राती प्रदेश १, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश का थोरै स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।