× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो फाइनलसिमा-२०२२ को च्याम्पियन

    २ वर्ष पहिले

    जेठ-१९, अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।

    वेम्बली स्टेडियममा बुधवार राति इटालीलाई ३-० गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

    अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे।

    यस जीतसँगै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको छ ।

    फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुने गर्दछ।

    इटाली युरो च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो।